कोरोना खोप दिने सहमतिपछि ट्यांकर चालकहरूको आन्दोलन फिर्ता | Khabarhub Khabarhub

कोरोना खोप दिने सहमतिपछि ट्यांकर चालकहरूको आन्दोलन फिर्ता


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विरुद्धको खोपको माग गर्दै आन्दोलनमा उत्रिएका इन्धन ढुवानी गर्ने ट्यांकरका चालक र सरकारबीच सहमति भएको छ ।

मंगलबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको छ ।

ट्यांकर चालकलाई बुधबार (भोलि) देखि खोप उपलब्ध गराउने सहमति भएको हो । बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएको र आन्दोलनका कार्यक्रम फिर्ता लिएको संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।

उनका अनुसार वाग्मती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरी तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।

यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको लामाले बताए ।

कोरोनाविरुद्धको खोप नपाएको भन्दै संघको आह्वानमा वाग्मती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

आन्दोलिनका कारण ढुवानी ठप्प हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालक लगाएत मजदुरहरु आन्दोलित भएका थिए । उनीहरुले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्याङ्कर तेर्साएर नाराबाजी गरेका थिए ।

ढुवानीकर्ताको अवरोधका कारण मंगलबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको वाग्मती प्रादेशिक डिपो थानकोटले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ३० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला