पूर्व पतिसँग नजिकिँदै एञ्जेलिना | Khabarhub Khabarhub

पूर्व पतिसँग नजिकिँदै एञ्जेलिना


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– हलिउड अभिनेत्री एञ्जेलिना जोली र अभिनेता ब्राड पिटबीच कैयौं वर्षदेखि सन्तानको हेरविचार कसले गर्ने भन्ने विषयमा विवाद चलिरहेको छ । केही साता अघि अदालतले ‘वन्स अपन ए टाइम इन हलिउड’ अभिनेताको पक्षमा फैसला गरेको थियो र दुवैलाई ६ सन्तानको ५०–५० प्रतिशतको अधिकार दिएको थियो ।

जोलीले सन् २०१६ मा ब्राडसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् । त्यही समयदेखि बच्चाको हेरविचारका लागि कानूनी लडाइँ लडिरहेका छन् ।

यसैबीच एन्जेलिना आफ्नो पूर्व पति जोनी ली मिलरको घरबाहिर हालैको दिन देखिइन् । जोनीको घर अगाडि उनलाई देखिएपछि अनेक अड्कलबाजी सुरु भएको छ । कतिपयले उनीहरु पुनः विवाह गर्ने योजनामा रहेको दाबीसमेत गरेका छन् ।

एञ्जेलिना वर्षौदेखि पूर्व पतिलाई साथी बनाइरहेकी छन् । दुवै सन् १९९५ को फिल्म ‘हेकर्स’को सेटमा भेट भएका थिए र सन् १९९६ मा विवाह गरे ।

तर उनीहरुको विवाह लामो समयसम्म टिकेन । सन् १९९७ मा अलग्गिएपछि दुवैले करिब दुई वर्षपछि सम्बन्धविच्छेदका लागि निवेदन दिए ।

एञ्जेलिनालाई हालै न्यूयोर्कमा जोनीको ब्रुकलिन अपार्टमेन्टबाट बाहिर निस्कदै गरेको देखिएको थियो । जोलीले गत जून ४ मा न्यूयोर्कमा सात सन्तानका साथ ४६ औं जन्मदिन मनाएकी थिइन् ।

केही समय अघि एञ्जेलिनाले एक अन्तरवार्तामा जोनीसँग सम्बन्धविच्छेद गर्नु आफ्नो ठूलो गल्ती भएको बताएकी थिइन् । ‘जोनी र मैले कहिल्यै झगडा गरेनौं र हामीले कहिल्यै एकअर्कालाई चोट पुर्याएनौं । म वास्तवमै उसको पत्नी बनिरहन चाहन्थें । म साँच्चै ऊसँग बस्न चाहन्छु’,जोलीले भनेकी थिइन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ४५ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित