जसपामा फाटो आउँदै, ठाकुर र महतो पक्षमाथि कारबाहीको तयारी | Khabarhub Khabarhub

जसपामा फाटो आउँदै, ठाकुर र महतो पक्षमाथि कारबाहीको तयारी


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) मा उत्पन्न विवादसँगै अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई कारवाहीको तयारी थालेको छ ।

यादव–भट्टराई पक्षले ठाकुर–महतोसहितका नेतालाई अनुशासन कारवाही गर्नेबारे छलफल थालेसँगै पार्टी विभाजनको डिलमा पुगेको छ । कारवाहीका लागि यादव–भट्टराई पक्षले कार्यकारिणी समिति बैठक बोलाएर छलफल थालेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक ठहर गरेको छ । बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुने बताए ।

महन्थ ठाकुर समूहले आफूलाई विधानमाथि ठानेको यादव–भट्टराई पक्षको आरोप छ ।

आजको कार्यकारिणी समितिको बैठकमा पार्टीभित्र बढेको विवाद र ठाकुर पक्षलाई सामना गर्ने विषयमा छलफल भएको छ । तर, यादव–भट्टराई पक्षले बोलाएको बैठकलाई अर्का अध्यक्ष ठाकुरले पार्टीको आधिकारिक बैठक नभएको भन्दै आजै एक विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएका थिए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : ३८ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना