अब पावर बटनबाटै गुगल असिस्टेन्ट खोल्न सकिने | Khabarhub Khabarhub

अब पावर बटनबाटै गुगल असिस्टेन्ट खोल्न सकिने


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तपाईंले चलाउने एन्ड्रोइड मोबाइलमा गुगल असिस्टेन्ट कसरी खोल्नु हुन्छ । ‘ओके गुगल’ अथवा ‘हे गुगल’ भनेर गुगल असिस्टेन्ट खोल्नुहुन्छ भने तपाईंलाई यसको विकल्प पनि आएको छ ।

अब तपाईंले पावर बटनबाटै पनि गुगल असिस्टेन्ट खोल्न सक्नुहुनेछ । यसका लागि एआई असिस्टेन्ट प्रयोग गर्न पावर बटनमा केहीबेर लगातार दबाउनुपर्नेछ ।

एक्सडीए डेभलपर्सका स्लेउतले गुगल एन्ड्रोइड एपको पछिल्लो भर्सन (१२.१८.६.२९) बाट यो रहस्य बाहिर ल्याएका हुन् । नयाँ एपमा देखिएको कोडको लाइनले उक्त फिचर चाँडै थुप्रै एन्ड्रोइड फोनहरुमा उपलब्ध हुने संकेत दिएको छ ।

एन्ड्रोइड १२ डेभलपर बेटामा सेटिङभित्र एप तथा नोटिफिकेसन भित्र असिस्टेन्ट राखिएको रिपोर्टमा उल्लेख छ । यद्यपी यो फिचर एन्ड्रोइड १२ मा निर्भर भने छैन ।

त्यसैले गुगल एपको भर्सनको रुपमा अन्य फोनमा यो फिचर चाँडै आउने अपेक्षा गरिएको छ । जसमा ओप्पोले आफ्ना फोनहरुमा यस किसिमको कस्टमाइजेसन गरेको छ ।

आईफोनमा आईफोन एक्सदेखि यता पावर बटन थिच्दा सिरी खुल्ने फिचर उपलब्ध छ । त्यसैबाट प्रेरित भएर गुगलले समेत यसलाई आफ्नो अपरेटिङ सिस्टममा समावेश गर्ने भएको हो ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ३ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड