बिहीबार भगवान् विष्णु र वृहस्पतिको किन गर्ने पूजा ? (विधिसहित) | Khabarhub Khabarhub

बिहीबार भगवान् विष्णु र वृहस्पतिको किन गर्ने पूजा ? (विधिसहित)


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ ।

कसरी पूजा गर्ने ? पूजा विधि

बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने । यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ । यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ । बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।

पौराणिक कथाअनुसार एकजना प्रतापी र दानी राजा थिए । उनको दरबारमा असाध्यै धेरै सम्पत्ति थियो । उनी प्रत्येक बिहीबार व्रत बस्ने तथा पुण्यकर्म गर्ने गर्दथे । तर रानी भने त्यस्तो केही कर्म गर्दिन थिइन् । राजाले गरेको धार्मिक कार्यलाई रानीले असहयोग गर्थिन् । दरबारमा थुप्रिएको सम्पत्तिका कारण आफुले धेरै काम गर्नु परेकोमा उनी चिन्तित हुन्थिन् ।

एक दिन गुरु वृहस्पति उनको दरबारमा साधुको रुप धारण गरी पुगे । त्यसबेला राजा शिकार खेल्न जंगल गएका थिए । रानीले साधुलाई देखेर आफ्नो दरबारमा भएको सम्पत्ति तथा वैभव समाप्त पारिदिन आग्रह गरिन् । साधु रुप धारण गरेका गुरु वृहस्पतिले पनि रानीको चाहना पूरा गर्न फल प्राप्ति हुने कर्म भन्दा पनि नष्ट हुने कर्म गर्न सिकाउँछन् । रानीले बिहीबारको दिन त्यसै गर्छिन् ।

दरबारको सम्पूर्ण वैभव समाप्त हुन्छ । दुःख पाएपछि राजा कामका लागि परदेश लाग्छन् । दरबारमा भएका रानीहरुले पनि भोकभोकै बस्नु पर्ने दिन आउँछ । यो दुःखका बीच रानीले आफ्नी बहिनी कहाँ सहयोग माग्न पुग्छिन् ।

बहिनीले उनीहरुलाई धन प्राप्तिका लागि बिहीबारको व्रत बस्न सुझाउँछिन् । त्यसपछि रानी र उनका दासीहरु बिहीबारको दिन व्रत बस्न थाल्छन् ।

व्रत बस्न थालेदेखि फेरि दरबारमा सम्पत्ति थुप्रिन थाल्छ । दरबारमा सुख मिल्न थाल्छ । परदेश गएका राजा पनि फिर्ता आउँछन् । त्यसैले बिहीबारको दिन व्रत बसेको खण्डमा सम्पत्ति तथा वैभव प्राप्त हुने जनविश्वास छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ५ : २० बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार