सशस्त्र प्रहरी महानिरीक्षक खनालले गरे छिन्नमस्ता बाहिनी तथा गणको उद्घाटन | Khabarhub Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक खनालले गरे छिन्नमस्ता बाहिनी तथा गणको उद्घाटन


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय र नम्बर ३९ गण महोत्तरीको उद्घाटन गरेका छन् ।

यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल, नम्बर ८ गण धनुषाको समेत समुद्घाटन गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल राष्ट्रको रक्षा, सीमानाको सुरक्षा, राष्ट्रियताको जगेर्ना र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्वारका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले संगठनका अग्रज तथा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मेहनत, त्याग र समर्पणको फलस्वरुप संगठन राज्यको भरपर्दो सुरक्षा निकायको रुपमा स्थान बनाउन सफल रहेको बताए ।

उनले कुनै पनि निकायको सांगठनिक संरचना समयानुकूल एवं आश्यकतानुसार परिमार्जन र परिवर्तन भएमा मात्र ती संगठनहरु चलायमान र सान्दर्भिक हुने बताउँदै संगठनको प्रभावकारिता साथै समग्र राज्यको सुरक्षा व्यवस्थालाई थप मजबुद तुल्याउन विभिन्न समयमा नेपाल सरकारबाट संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवदेन स्वीकृत भइ सो बाहिनी र गणहरुको स्थापनाले महोत्तरी जिल्ला र समग्र प्रदेशको शान्ति सुरक्षा कायम राख्न अहम् भूमिका खेलिरहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सांगठनिक पुर्नसंरचना पश्चात सीमामा पहिले भन्दा बढी संख्यामा जनशक्तिहरु परिचालित भई सीमामा २ सय २१ वटा बोर्डर आउट पोष्ट पुर्‍याउने लक्ष्यका साथ हाल सम्म २ सय ५ वटा बोर्डर आउट पोष्ट स्थापना भइसकेको र सो बोर्डर आउट पोष्टहरु स्थापना पश्चात चोरी तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण, राज्यको राजश्व बृद्धि हुनुका साथै सीमा क्षेत्रका नागरिकहरुले समेत सुरक्षित महशुस गरेको विश्वास व्यक्त गरे ।

उनले उत्तरी सीमाका उच्च हिमाली भू–भागको कठ्यांग्रीने जाडोदेखि दक्षिणी सीमाको अत्याधिक गर्मी र हावाहुरीको सामना गर्दै सुदूर पूर्वको ओलाङचुङगोलादेखि सुदूरपश्चिमको कालापानी, लिपुलेक नजिकको छाङ्गरु सम्मको स्थानमा सशस्त्र प्रहरी बल, नेपालका एकाईहरु मार्फत अहोरात्र तैनाथरही संगठनलाई प्राप्त जिम्मेवारी तथा उत्तरदायित्व व्यावसायिक कुशलतापूर्वक सम्पादन गर्दै आइरहेको बताए ।

संगठन भ्रष्टाचार, मानवअधिकार उल्लंघन र लैङ्गिक हिंसाका विरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गर्दै अघि बढिरहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘यदि कोहीकतै व्यावसायिक आचरण विपरीतका कृयाकलापमा संलग्न भएमा क्षम्य नहुने साथै असल र उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कृत गरी प्रोत्साहन गरिने छ ।’

उनले कोभिड–१९ महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरु अग्रपंक्तिमा रहेर प्रदर्शन गरेको व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गर्दै शान्ति र सुशासन कायम राख्न सवै सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुसँगको समन्वयले जस्तोसुकै सुरक्षा चुनौतीलाई पनि परास्त गर्न सकिन्छ भन्ने कुरामा जोड दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले सो बाहिनी तथा मातहतका युनिटहरुले जिम्मेवारीका क्षेत्रमा शान्ति सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापन, औद्योगिक सुरक्षा, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राष्ट्रिय गौरवका परियोजना, पूर्वपश्चिम लोकमार्ग, हुलाकी राजमार्ग आदि ठाउँहरुमा खटिएर उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेको चर्चा गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा रही उत्कृष्ट कार्यसम्पादन भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली सेना मध्यपूर्वी पृतनापति उपरथि सुरेशकुमार कार्की, जिल्लास्थित विभिन्न नगरपालिकाका प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नागरिक समाज, बुद्धिजीवि तथा स्थानीय भद्रभलाद्मी लगायत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ५० बजे

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा