आफूलाई छोडेकी आमा खोज्दै नेरिस्का | Khabarhub Khabarhub

आफूलाई छोडेकी आमा खोज्दै नेरिस्का


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अनाथ आश्रममा हुर्किरहेकी एक १० वर्षीया बालिकाले आफ्नो आमालाई खोज्ने कथा प्रस्तुत गरिएको सांगीतिक फिल्म ‘आमा कहाँ खोजुँ ?’को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमा आफूलाई जन्माएर आमाले खोलाको बगरमा छोडेपछि ठूली भएर तिनै आमा खोज्ने बालिका नेरिस्का स्थापितको कथालाई देखाइएको छ ।

अशोक थापा मगरले निर्देशन गरेको फिल्ममा नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापा मगरको अभिनय छ ।

‘आमा कहाँ खोजुँ ? नेपाली समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो’, निर्देशक मगर भन्छन्, ‘फिल्ममा आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पीडाहरु, बनावटी खुशीहरु, आघातित बाल मनोविज्ञान र जीवनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ ।’

फिल्ममा निर्देशक अशोक र राजु थापा मगरको संगीत, गिताञ्जली थापा मगरको स्वर, दीपक बज्राचार्यको छायांकन छ । फिल्मका निर्माता टेकबहादुर थापा र राजु थापा हुन् ।

https://www.youtube.com/watch?v=SuStBHCEF3o

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : २५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम