सूर्योदय र डाफोडिल बास्केटबलको प्रि–क्वाटरफाइनलमा | Khabarhub Khabarhub

सूर्योदय र डाफोडिल बास्केटबलको प्रि–क्वाटरफाइनलमा


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ अङ्कले पराजित गर्यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ अङ्कले तथा विल्सनलाई १६–१० अङ्कले हरायो । ब्वाइजतर्फ नै मिलन ‘ए’, ‘बी’ र ‘डी’, भीएस निकेतन कलेज ‘ए’, रोशन, मनास्लु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआइए, टिम रावत र ओमेगा टोली प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी गल्र्सतर्फ सूर्योदय, साइपाल, लिम्पिया, भीएस निकेतन कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशील थापाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । प्रतियोगितामा ब्वाइजतर्फ ३२ तथा गल्र्सतर्फ १६ टोली सहभागी छन् ।

ब्वाइजतर्फ पहिलो हुनेले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रोले रु पाँच हजार तथा गल्र्सतर्फ पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु आठ हजार र तेस्रो हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १० : ५८ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले