कुवेतका अमीरद्वारा आममाफी घोषणा | Khabarhub Khabarhub

कुवेतका अमीरद्वारा आममाफी घोषणा


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– कुवेतका अमीरले लामो समयदेखि प्रतीक्षा गरिएको आममाफी आदेश जारी गरेका छन् । अमीरले प्रमुख सरकारी गतिरोधलाई निरुत्साहित गर्ने उद्देश्यले करिब तीन दर्जन कुवेती असन्तुष्टहरूको सजाय माफी गर्ने घोषणा गरेका छन् ।

कुवेतको राजपत्रमा शनिबार अबेर प्रकाशित शाही आदेशमा अमिर शेख नवाफ अल अहमद अल सबाहले देशको संसदमा आक्रमण गरेको आरोपमा जेलमा परेका ११ राजनीतिज्ञको सजाय कटौती गरेको बताइएको छ।

सन् २०११ मा प्रजातन्त्र समर्थक प्रदर्शनहरू व्यापक रूपमा फैलिँदा कुवेतका प्रमुख विपक्षी व्यक्तित्वहरू र सांसदहरूलाई कुवेतको संसद भवनमा थुनेर भ्रष्टाचारको आरोप लगाएका प्रधानमन्त्रीलाई हटाउन दबाब दिएका थिए ।

यसैबीच देशको सर्वोच्च अदालतले धेरै इस्लामवादी सांसदहरूलाई वर्षौंको जेल सजाय सुनाएको छ । जसमा एक प्रमुख विपक्षी नेता मुसलाम अल बराक पनि छन । उनले छुट्टै आरोपमा दुई वर्षको जेल सजाय भोगेका थिए।

शनिबार माफी पाएका अल-बराक र अन्य असन्तुष्टहरू टर्कीमा वर्षौंदेखि स्व(निर्वासित जीवन बिताइरहेका छन् । एपी

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ४२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र