नेपालीको हितमा हुने गरी मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिन्छ : प्रवक्ता ज्ञवाली | Khabarhub Khabarhub

नेपालीको हितमा हुने गरी मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिन्छ : प्रवक्ता ज्ञवाली


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताको हीतमा हुने गरी एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका छन् ।

मंगलबार एमाले जिल्ला कमिटी कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोदन गर्दै ज्ञवालीले एमसीसी निर्णयमा कुनै हतार नगर्ने बताए ।

एमसीसी प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र आफूहरुले अगाडी बढाएको उनले दाबी गरे ।

एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रह समेत गरे । उनले आगामी निर्वाचनका जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्न निर्देशन समेत दिए ।

उनले एमालेमाथि देखिएको घेराबन्दी अस्थायी प्रकृतिको रहेको जिकिर गरे । कार्यक्रमममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटे पनि स्थानीय स्तरको कार्यकर्ताले एमाले रोजेको टिप्पणी गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ३० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक