खोप उत्पादन गर्ने उद्योगलाई सरकारले आधार दरमा ऋण दिने | Khabarhub Khabarhub

खोप उत्पादन गर्ने उद्योगलाई सरकारले आधार दरमा ऋण दिने


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा उपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने बताए।

नेपालमा नै कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने सरकारको तयारी रहेको छ । यस्तै मौद्रिक नीतिमा अस्पताल नभएका स्थानीय तहमा १०० शैयासम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने छ । कोभिड–१९बाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई निश्चित सीमासम्मको कर्जा उपलब्ध हुने व्यवस्था गरिने उनले जानकारी दिए ।

मौद्रिक नीतिमा कोभिड–१९ सिर्जित स्वास्थ्य समस्याको उपचारमा सघाउ पुर्‍याउने जीवनरक्षक औषधि तथा स्वास्थ्य सामग्री उपकरणको आयातसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरी थप सहजीकरण गरिने उल्लेख छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : १५ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा