अकबर भाइ गान्धीजीको कोठा सफा गरिरहेका थिए । यसै बेला गान्धीका तीन वटा बाँदरका ऐतिहासिक मूर्ति उनको हातबाट खसे र फुटे ।
अकबर भाइ सोच्न थाले— गान्धीजीको मन आफ्ना तीन बाँदरको मूति फुटेको खबरले अवश्य दुःखी हुनेछ ।
केही बेरपछि साहस गरेर गान्धीको कोठामा रुँलाझैँ गरी उभिँदै भन्न थाले— बापूजी, मेरो असावधानीले तपाईंको मूर्ति खसेर फुट्यो । यसका लागि जे दण्ड दिए पनि मलाई खुशी लाग्नेछ ।
गान्धीले भने— म तिमीलाई दण्ड त के दिउँला र ? अँ, जीवनभरी याद राख्नको लाग एउटा पाठ अवश्य सिकाउने छु ।
गान्धी एकछिन गम्भीर बने र भने— ल सुन मेरो पाठ । तमाम जिन्दगभीर साँचो बोल्नबाट कहिल्यै नडराउनू । साँचो बोल्नुभन्दा ठूलो न कुनै कर्तव्य छ र न धर्म ।
गान्धी क्षमा वृत्ति र करुणा देखेर अकबर भाइका आँखा रसाए ।
साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया