एक साताभित्र कमीकमजोरी नसुधारे निगममाथि हस्तक्षेप गर्ने पर्यटनमन्त्रीको चेतावनी (भिडियोसहित) | Khabarhub Khabarhub

एक साताभित्र कमीकमजोरी नसुधारे निगममाथि हस्तक्षेप गर्ने पर्यटनमन्त्रीको चेतावनी (भिडियोसहित)


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।

सोमबार काठमाडौँको न्युरोडस्थित निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् । उनले निगममा देखिएको कमीकमजोरी सच्याउँन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी दिए । निगमसँग आन्तरिक उडानका लागि पर्याप्त जहाज हुँदाहुदैपनि उचित प्रयोग नभएको गुनासो आएको उनले बताए । उनले विगत एक वर्षदेखि आन्तरिक उडान नहुनुको वस्तुनिष्ट कारण खोजिने उल्लेख गरे ।

हेरौँ भिडियो

कोरोनाले हवाई सेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुख मात्र नताकी निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए । त्यस्तै उनले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्र निगमको हित हुने भन्दै कर्मचारीको विज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निगमलाई निर्देशन दिए । उनले विगतको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजार हिस्सामा स्वामित्व जमाउन आक्रमण ढंगले लाग्न पनि निर्देशन दिए ।

 

सो क्रममा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउन धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए ।

कोरोनाको दोस्रो लहरका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न सफल नभएको निगमको जिकिर छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ५ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम