राउटे समुदायलाई सिँधै राहत दिन रोक | Khabarhub Khabarhub

राउटे समुदायलाई सिँधै राहत दिन रोक


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब राउटे समुदायलाई सिँधै राहत दिन नपाईने भएको छ । राहतका नाममा राउटे बस्तीमा छिर्नेहरूबाट उनीहरूमाथि दुर्व्यवहारका घटना बढेकाले जिल्ला प्रशासन कार्यालय सुर्खेतले सिँधै राहत वितरणमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले केहीदिन अघि मात्र राउटे समुदायका दुई युवतीमाथि भएको दुर्व्यवहारको घटना र सम्वेदनशीलतालाई दृष्टिगत गरी राहत वितरण कार्यलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको हो ।

विभिन्न बहानामा बाहिरी मानिसहरू राउटे वस्तीमा जाने र फोटो, भिडियो खिच्ने गर्दा उक्त समुदायका युवतीमाथि दुर्व्यवहारका घटना बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालय सिँधै राहत वितरणमा रोक लगाएको हो ।

दाताहरूबाट प्राप्त हुने सबै प्रकारका नगदी तथा जिन्सी कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले मौज्दात गरी सोको व्यवस्थित अभिलेख राख्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा गत २४ गते बसेको बैठकको निर्णयबाट गठित सहजिकरण समितिले राउटे समुदायको लागि आवश्यक पर्ने सामाग्री आंकलन गरी मौज्दातबाट उपलब्ध गराउने निर्णय गरिएको छ ।

दाताहरू आफैँ उपस्थित भई राहत वितरण गर्न चाहेमा सोको अभिलेख सामाजिक विकास मन्त्रालयले राखी स्थानीय तह र सहजीकरण समितिको सदस्यको रोहवरमा मात्र वस्ती नजिक गई राउटे समुदायको प्रतिनिधि (मुखिया) लाई उपलब्ध गराउने सक्ने छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ४ : ४६ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा