गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे | Khabarhub Khabarhub

गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट–हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ ।

गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको बताइएको छ । गल्फागाड गाउँका नागरिकलाई बिरामी हुँदा गाउँमा स्वास्थ्यचौकी नभएर एक घण्टाको पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा रहेको स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ ।

स्वास्थ्यमा सामान्य खराबी आए पनि नजिकमा स्वास्थ्यचौकी नहुँँदा यहाँका नागरिकले समयमै उपचार नपाउने गरेको सिंह भण्डारीले बताए । सिटामोलसमेत समयमै नपाउनुका साथै वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने र उपचार गर्न लैजान पनि गाह्रो हुने गरेको उनले बताए ।

यता गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराका अनुसार आफूलाई अहिलेसम्म गल्फागाड गाउँमा बिरामी भएको खबर नआएको बताए । गाउँमा बिरामी भएको खबर आएको खण्डमा स्वास्थ्यकर्मी जाने अन्यथा नजाने उनको भनाइ थियो । गल्फागाड गाउँमा करिब ३० घरधुरी छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ३ : ३० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई