चोरी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ | Khabarhub Khabarhub

चोरी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- चोरी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने वर्ष ५० का गोविन्दराज अवस्थी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टका अनुसार उनी २०६५ मंसिर ५ गते कैलालीको साबिक मालाखेती गाविस ७ मा यार्सागुम्बा लगायत नगद तथा जिन्सी सामान चोरीमा संलग्न रहेको आरोपमा कैद सजाय सुनाइएका व्यक्ति हुन् ।

कैलाली जिल्ला अदालतले उनलाई २०६८ असार ३१ गते ६ वर्ष कैद र ४५ लाख अठतीस हजार ५ सय ५० रुपैया जरिवाना सुनाएको थियो ।

पुनरावेदन अदालत दिपायलको २०७० ११ फागुन ६ गतेको फैसला र सर्वोच्च अदालतको २०७६ साउन २७ गतेको फैसलाले पनि कैलाली जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।

पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालत मा दाखिला गरी आवश्यक कैद भुक्तान र जरिवाना असुलीका लागी कैलाली कारागार पठाइएको डीएसपी विष्टले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ८ : ४५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड