मन्त्रीसँगको 'डिसकस'बारे सञ्चारकर्मी लामिछानेको टिमबाट आयो यस्तो स्पष्टीकरण | Khabarhub Khabarhub

मन्त्रीसँगको ‘डिसकस’बारे सञ्चारकर्मी लामिछानेको टिमबाट आयो यस्तो स्पष्टीकरण


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । जहाँ सञ्चारकर्मी रवि लामिछानेले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसँग केही ‘डिसकस’ गरेका छन् ।

भिडियोमा उनले मन्त्रीसँगै अक्सिजन सिलिण्डर मिलाउन आग्रह गरेको बुझिन्छ ।

मन्त्रीले अक्सिजन सिलिण्डर मिलाउन नसकेपछि लामिछानेले केही आक्रोश पोखेका छन् । उनले मन्त्रीलाई भनेका छन्, ‘एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’

यही भनाइबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएपछि रविको टिमले सो विषयमा स्पष्ट पारेको छ । उनको टिमका एक सदस्य दीपक बोहोराले सोही विषयमा सामाजिक सञ्जालमार्फत स्पष्ट पार्न खोजेका हुन् ।

‘यो फोटो सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर जनमैत्री अस्पतालको गेटमा गाडीबाट झर्दै गर्दाको हो, जतिबेला रवि लामिछाने मन्त्रीज्यूलाई दस औँला जोडेर स्वागत गर्दै थिए । कतिले हिजोको भिडियो हेरेपछि रविले त्यसरी ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’ नभनेको भएपनि हुन्थ्यो भने,’ उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्रीज्यूको घर जनमैत्री अस्पताल नजिकै छ । मन्त्रीज्यू आफ्ना चिनेजानेका विरामीलाई भर्ना गर्न अस्पताल प्रशासनलाई निरन्तर दबाब दिईरहनु भएको रहेछ । तर, अस्पतालका लागि अक्सिजन मिलाइदिने आग्रह चाहिँ नसुने झैं गर्ने । अस्पतालमै आएका बेला रविले मन्त्रीज्यूलाई अक्सिजन मिलाइदिन आग्रह गरे । मन्त्रीज्यूले जति पनि मिलाइदिने भनेर नजिकैको अक्सिजन उद्योग लैजानुभयो । तर, एक सिलिन्डर पनि मिलाउन सक्नु भएन । आफन्तलाई उपचारको दबाब दिने तर एक सिलिन्डर अक्सिजन मिलाउन नसकेपछि रविले भन्दिए, ‘एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ४७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय