राजनीतिक नेतृत्वको चिन्तन र कार्यशैली परिवर्तन हुन सकेन : मन्त्री रायमाझी | Khabarhub Khabarhub

राजनीतिक नेतृत्वको चिन्तन र कार्यशैली परिवर्तन हुन सकेन : मन्त्री रायमाझी


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृत्ति, संस्कार र संस्कृतिहरू अझै कायमै रहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा अखिल छैठौंले आयोजना गरेको नेपालको बिद्यार्थी आन्दोलन र अखिल छैठौंको इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा रायमाझीले देशमा व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका हुन् ।

उनले परम्परागत व्यवस्थाकाविरुद्ध हतियारले नभइ राजनीति मुद्दाका आधारमा लड्नुपर्ने बताए । राजनीतिक क्रान्तिपछि मुलुकको विकास र समृद्धिको क्रान्तिमा अघि बढ्नुपर्ने उनले धारणा राखे ।

जनताको मन जितेर संविधानमा उल्लेख समाजवादमा पुग्ने लक्ष्यलाई भेट्नुपर्ने उहाको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एक अर्कालाई आरोप प्रत्यारोप भन्दा पनि दलहरुलाई एकताबद्ध गरेर मुलुकलाई बचाउनुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : १७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड