बस्नेतविरुद्ध उजुरी दिएकी सपनाद्वारा गृहमन्त्रीसमक्ष न्यायको याचना  « Khabarhub

बस्नेतविरुद्ध उजुरी दिएकी सपनाद्वारा गृहमन्त्रीसमक्ष न्यायको याचना 


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले न्यायको याचना गरेकी छिन् ।

आफूलाई विनयजंग बस्नेतले युटुबमार्फत धम्की दिनुका साथै चरित्र हत्या गरेको भन्दै उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष शान्ति सुरक्षासहित न्यायको माग गरेकी हुन् ।

आइतबार प्रहरीमा जाहेरी दिनु पहिले सपनाले गृहमन्त्री बादललाई भेट गरी शान्ति सुरक्षाका साथै न्याय दिन माग गरेकी हुन।

नेपाल मगर संघका अगुवा नेताहरुका साथमा गृहमन्त्री समक्ष पुगेकी सपनाले आफूलाई सामाजिक सञ्जाल मार्फत बस्नेतले धम्की दिएको तथा आफ्नो चरित्र हत्या गरेको बताएकी छिन् ।

बेवारिसे शव जलाएर चर्चामा आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मानसिक यातना दिँदै आएको उनले बताएकी छन् । उनले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने गरेकी थिइन् ।

यो पनि पढौँ

विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : ५६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना