शनि दोषबाट मुक्ति पाउन हरेक शनिबार यी काम गर्नुहोस् | Khabarhub Khabarhub

शनि दोषबाट मुक्ति पाउन हरेक शनिबार यी काम गर्नुहोस्


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिदेवलाई सबै ग्रहमध्ये न्यायाधीशको रुपमा मानिन्छ । मनुष्यका हरेक असल खराब कामका लागी शनिदेवले उचित फल दिने मान्यता स्वरुप न्यायाधीश देवका रुपमा मानिएको हो ।

यदि कुनै व्यक्तिको कुण्डलीमा शनिको अशुभ छाया छ भने उसले अनेकौं प्रकारको समस्या भोग्नु पर्ने हुनसक्छ । शास्त्रमा शनिदोष कम गर्न र शनिको कृपा पाउन शनिवारका दिन कैयौं प्रकारको उपाय अपनाउन सुझाइन्छ ।

– यदि शनिको साढेसातीको प्रभाव छ भने यसलाई नाश गर्न शनिवार बिहान सबेरै नुहाएर पीपलको रुखलाई जल अर्पित गर्दै सात पटक परिक्रमा गरी ‘ऊं शं शनैश्चराय नमः’ जप गर्नु पर्दछ ।

– हनुमान भक्तप्रती शनिदेव हमेशा कृपा बर्साउने भएकाले शनिवार हनुमान चालीसाको पाठ गर्नु उपयुक्त मानिन्छ । हनुमानको दर्शन र भक्तिले शनिका सबै दोष समाप्त भएर जान्छ ।

– शनिवार साझँ पीपलको रुख मुनी चारमुख भएको दियो बाल्नाले धन, वैभव र यश वृद्धि भएर जानेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ५ : ४० बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु