भगवान विष्णु र बृहस्पतीको यसकारण बिहीबार लिइन्छ व्रत | Khabarhub Khabarhub

भगवान विष्णु र बृहस्पतीको यसकारण बिहीबार लिइन्छ व्रत


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ । बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : २५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम