आर्यनका कारण ‘डुप्लिकेट’ शाहरुख बेरोजगार | Khabarhub Khabarhub

आर्यनका कारण ‘डुप्लिकेट’ शाहरुख बेरोजगार


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लागुऔषध मुद्धालाई लिएर अभिनेता शाहरुख खानका छोरा आर्यन खान निरन्तर चर्चामा छन् । यो मुद्धाका कारण शाहरुखले कैयौं समस्याको सामना गरिरहनु परेको छ । आर्यनको मुद्धाका कारण शाहरुखको एक टिचिङ एपलाई कम्पनीले बन्द नै गरिदिएको छ । यो समस्या केवल शाहरुख मात्र होइन, उनको ‘डुप्लिकेट’ राजु रहिकवाले पनि भोगिरहनु परेको छ ।

राजु शाहरुख जस्तै अनुहारका कारण देशभर चर्चामा छन् । उनी कैयौं कार्यक्रम र पार्टीमा सहभागी हुन्छन् । तर लागुऔषध मामलामा जब आर्यनको नाम आयो, त्यहीदेखि राजुलाई आर्थिक भार झेल्नु परेको छ ।

राजुले कतै काम पाएका छैनन् । राजुले जति कार्यक्रममा सहभागिता जनाउने योजना बनाएका थिए, आर्यनको लागुऔषध मुद्धा सार्वजनिक भएपछि उनका सबै कार्यक्रम रद्ध भएका छन् ।

‘करिब डेढ वर्षदेखि कोरोना भाइरसका कारण कुनै कार्यक्रम भएन । जसकारण कुनै काम मिलेन । महामारी पछि विस्तारै काम सुरु भयो, त्यसपछि मैले अब काम शुरु हुन्छ भन्ने सोचें । हालै दुई शो गर्ने मौका पाएँ, तर आयोजकले ‘दर्शकहरु शाहरुखको अनुहारका कारण खुशी नभएकाले तपाईलाई थाहै छ, माहौल के चलिरहेको छ’ भनेर शो रद्द गरे ।

राजुले आफ्नो प्रस्तुतिका कारण आएको पैसाले सन्तानको स्कुल शुल्क तिर्ने योजना बनाए पनि त्यो पुरा नभएपछि अर्को योजना बनाइरहेको खुलाए ।

‘मलाई उनीविरुद्ध कुनै उजुरी छैन । म उनका लागि आफ्नो काम त्याग्न तयार छु । मेरो पहिचान शाहरुख जस्तै छ । आज मसँग जे छ, सबै उनकै कारण छ । यसकारण म उनीजस्तै देखिन्छु । उनी मेरो भगवान हुन् । अहिले उनको परिवार दुःखमा छन् । म पनि यस्तै महशुस गरिरहेको छु । म यही चाहन्छु कि आर्यन घर आउन्,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ३० बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु