स्कुल छुट्टी भयो । एक बालक आफ्नो काँधमा वस्ता झुण्डाएर बाहिर निस्कियो तब उसले हृष्टपुष्ट युवाले एउटा दुब्लो पातलो मानिसलाई बेतले पिटिरहेको देख्यो ।
उसले मधुर शब्दमा त्यो युवकसँग सोध्यो— दाई तपाईंले यो केटालाई यसरी बेतको लठ्ठले किन कुट्नुभएको ?
युवकले उसलाई भिड्दै भन्यो— यसमा तिमीलाई के मतलब ?
त्यो बालकले बिस्तारै भन्यो— म यति शक्तिशाली छैन कि यो बालकको पक्षमा तपाईंसँग लड्न सकूँ । तर म यति अवश्य गर्न सक्छु कि यसको पिटाइमा म भागीदार बनौँ ।
भनाइको मतलब ?
मेरो मतलब हो कि तपाईं यो केटालाई जति पिट्न चाहनुहुन्छ, त्यसको आधा मेरो ढाडमा पिट्नुस् ।
युवकले त्यो साहसी बालकलाई आश्चर्य मान्दै हेरे । उनलाई आफैसँग लाज लाग्यो कि उनले यो दुब्लो केटालाई नराम्रोसँगले पिटिरहेका थिए र यो एउटा केटा उसको बदलामा आफू पिटाइ खान तयार छ । उनले तत्कालै त्यो बेतको लठ्ठी भाँचेर फालिदिए ।
बचाउने त्यो बालकपछि गएर अँग्रेजीका सुप्रसिद्ध कवि लर्ड बायरनको नामले प्रसिद्ध भए ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया