ट्यांकर चालकसँगै पेट्रोलियम व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप | Khabarhub Khabarhub

ट्यांकर चालकसँगै पेट्रोलियम व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम व्यवसायीहरूले पनि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारलाई दबाब दिएका छन् ।

पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई खोप छिटो उपलब्ध गराउन माग गरेको हो । एसोसिएसनले खोप उपलब्ध नगराए वितरण प्रणालीमा असहजता उत्पन्न हुने चेतावनी पनि दिएको छ ।

पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारीलाई खोपको व्यवस्थाका लागि पटक-पटक आग्रह गरिए पनि सुनुवाइ नभएको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले खोपको माग गर्दै वाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनलाई सर्मथन पनि गरेको छ ।

‘यस क्षेत्रका कर्मचारी र श्रमिकको जीवन रक्षाका लागि सांकेतिक रुपमा ट्यांकर चालकले गरेको आन्दोलनमा एसोसिएसनले नैतिक समर्थन जनाउँछ,’ महासचिव विश्वप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ८ : ३० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार