कोभिडले प्रभावित क्षेत्रलाई सम्बोधन हुनेगरी बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल | Khabarhub Khabarhub

कोभिडले प्रभावित क्षेत्रलाई सम्बोधन हुनेगरी बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले कोरोना नियन्त्रण, रोकथाम र प्रभावित क्षेत्रलाइ सम्बोधन गर्नेगरि आगामी बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री पौडेलले कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालू आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने बताउनुभएको हो ।

उनले आधारभूत सिद्धान्तलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए । बजेट निर्माणमा सम्बन्धित मन्त्रालय नै सम्पूर्ण रूपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने उनले जिकिर गरे ।

मन्त्री पौडेलले आगामी बजेटमा चालू आयोजना र कार्यान्वयको चरणमा रहेका आयोजनालाई प्राथमिकतामा राखिने बताए । बजेट बिनियोजन गरिने तर कार्यान्वयन हुन नसक्ने विषयलाई अर्थमन्त्रालयले अध्ययन गरिरहेको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले गेम चेन्जर र रोजगारी सिर्जना गर्ने आयोजनाहरुलाई सरकारले प्राथमिकतामा राखेर बजेट बिनियोजना गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ३० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड