थप १९ विधामा विश्व कीर्तिमान राख्दै गीतकार डीआर | Khabarhub Khabarhub

थप १९ विधामा विश्व कीर्तिमान राख्दै गीतकार डीआर


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत संगीतबाट यसअघि ३२ विधामा फरक फरक विश्व रेकर्ड बनाएका कीर्तिमानी गीतकार एवम् साहित्यकार डीआर उपाध्यायले गीतसंगीतबाट थप १९ विधामा रेकर्ड राख्ने भएका छन् ।

गीतसंगीतमा गिनिज अफ वल्र्ड रेकर्डसहित विश्वका महत्वपूर्ण रेकर्ड बनाएका उपाध्यायले यसपटक पुनः गिनिज अफ वल्र्ड रेकर्ड, अमेरिकन बुक रेकर्ड, ब्रिटिस रेकर्डसहित विभिन्न १९ वटा वल्र्ड रेकर्ड राख्न लागेका हुन् ।

नयाँ वर्षको अवसर पारेर आगामी वैशाख ६ गते काठमाडौंको रसियन कल्चर सेन्टरमा १९ वटा विश्व रेकर्ड ग्रहण गर्दैछन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा डा. उपाध्यायले आफूले विश्व रेकर्डमा नेपाल पनि गीतसंगीत र साहित्यमा कम छैन भनेर देशको खातिर संगीतबाट सबैभन्दा बढी विधामा वल्र्ड रेकर्ड बनाउन लागेको बताए ।

‘यसपटक मैले विश्वकै छोटो गीत, विश्वकै सबैभन्दा लामो गीत, विश्वका सबै देशका मुद्राहरु समेटेर तयार गरिएको गीत, विश्वका सबैभन्दा धेरै पर्यटकीय स्थलको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी फूलहरुको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी पटक आमा शब्द प्रयोग गरिएको गीत जस्ता विभिन्न १९ विधामा फरक–फरक १९ वटा वल्र्ड रेकर्ड राख्न लागेको हुँ’, डा. उपाध्यायले भने ।

डा. उपाध्यायलाई यो विश्व रेकर्डका लागि संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार सागर अधिकारी ‘सरद’ले सघाउँदै छन् । संगीतकार सागरले आफूहरु ६ महिनाबाट यही अभियानमा व्यस्त रहेको बताए ।

अर्का संगीतकार श्रेष्ठले अबको १९ वटा कीर्तिमानमध्ये ७ वटा विश्व कीर्तमानी गीतहरुमा आफ्नो संगीत रहेको जानकारी गराए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : ४५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक