को बन्ला मा‍ओवादी केन्द्रको प्रदेश २ अध्यक्ष ? | Khabarhub Khabarhub

को बन्ला मा‍ओवादी केन्द्रको प्रदेश २ अध्यक्ष ?


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा उद्घाटन भए पनि बन्दसत्र भने ३ पुसदेखि सुरु हुने भएको छ ।

प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये अहिले एक सय तीनवटा स्थानीय तहको मात्र अधिवेशन भएकाले र बाँकी स्थानीयमा विवाद रहेकाले प्रदेश अधिवेशनको बन्दसत्रको समय बढाइएको माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए । प्रदेश २ को कार्यसमिति दुई सय ७१ जनाको रहने उनले बताए ।

प्रदेश २ मा माओवादी केन्द्रको एक लाख ३० हजार सक्रिय रहेको बुढाथोकीले जानकारी दिए । पार्टीको विधानअनुसार प्रत्येक दुई सय सक्रिय सदस्यमा एकजना प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने प्रावधान छ । यस हिसाबले माओवादीको प्रदेश अधिवेशनमा साढे ६ सय प्रतिनिध र केन्द्रीय सदस्यसहितका प्रतिनिधि रहेका छन् ।

माओवादी केन्द्रको बन्दसत्रको समय बढाइएपछि प्रदेश नेतृत्वको आकांक्षीहरू आ-आफ्नो टिमको तयारीमा लागेका छन् । अहिलेसम्म औेपचारिक रूपमा कुनै नेताले प्रदेश नेतृत्वको घोषणा नगरे पनि प्रदेश अध्यक्षमा आन्तरिक मामिला तथा सञ्चारमान्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी र अहिले प्रदेश सचिव रहेका श्रवण बरबरियामध्ये एक हुनेछन् ।

प्रदेश संगठनको जिम्मेवार पदमा रहेका व्यक्तिले पार्टीको केन्द्रीय कार्यसमितिमा नरहने व्यवस्था भएको अवस्था बुझेर मात्रै उम्मेदवारी दिने मनसायमा रहेको माओवादी केन्द्रका नेता झलकु यादवले बताए ।

‘प्रथम प्रदेश अधिवेशन भइरहेकाले हामीले कुशल र सक्षम नेतृत्व चाहेका छौं,’ उनले भने, ‘प्रदेशमा हामी कमजोर अवस्थामा छौ, त्यसैले प्रदेशमा संगठन विस्तारदेखि पार्टीलाई सही दिशानिर्देश दिन सक्ने नेतृत्व चाहिएको छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ४ : १६ बजे

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

सनपाट धुने पोखरी (२० तस्बिर)

विराटनगर – एउटा जमाना यस्तो थियो, झापा, मोरङ र सुनसरीमा

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप