सोम पाण्डे र शारदालाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश | Khabarhub Khabarhub

सोम पाण्डे र शारदालाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा आफूहरूको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका पाण्डे र भट्टको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश मीरा खड्काको इजरालले अन्तरिम आदेशका लागि मंगलबार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिबेलासम्म कारबाही प्रक्रिया अगाडि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्दा निर्वाचन आयोगले सनाखतमा समावेश नगराएको भन्दै आयोगको निर्णयविरुद्ध पाण्डे र भट्ट सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले सोम पाण्डे र शारदा भट्टलाई किन सनााखत नगारएको १५ दिन भित्र जवाफ दिन निर्वाचन आयोगको नाममा कारण देखाऊ आदेश दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : २० बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार