एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता देखियो, संसद् अवरोध जारी रहन्छ : ओली (भिडियो) | Khabarhub Khabarhub

एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता देखियो, संसद् अवरोध जारी रहन्छ : ओली (भिडियो)

सीमामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको संसद बैठक पनि अवरोध गर्ने भएको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका षडयन्त्र रुपमा एमाले विभाजनमा देखिएको बताए ।

उनले सभामुखको भूमिकाकै कारण बैठक अवरोध गरेको र अब पनि अवरोध जारी रहने बताए । उनले सरकारले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दा पनि सभामुखको भूमिका निष्पक्ष नदेखिएको बताए । उनले भने, ‘बजेट प्रस्तुत गर्न दिने मन थियो । तर सभामुखको भूमिकाले विरोध गरेयौँ । मन्त्री आफ्नो आसनमा बसेनन् । लुकेर बसे, कुदी कुदी प्रतिस्थापन विधेयक प्रस्तुत गरे ।

मर्यादामा बस्न सांसदहरुलाई निर्देशन

अध्यक्ष ओलीले संसदमा अवरोध गर्दा सीमामा बस्नुपर्ने बताए । उनले कतिपय सांसदले सभामुखलाई माइकलाई हान्ने कुरा सञ्चार माध्यममा बोलेको भन्दै त्यस्तो नबोल्न निर्देश दिए । उनले एमालेले मर्यादा उल्लंघन नगर्ने बताए ।

उनले संसदीय मर्यादाभन्दा बाहिर जान नसकिने उल्लेख गर्दै वेल घेराउ र नाराबाजी गर्न सकिने तर मर्यादा पालकलाई नाघेर जान नमिल्ने बताए ।

गत शुक्रबारको बैठकमा एमाले सांसद रेखा झाले सभामुख अग्नि सापकोटालाई आफूले माइकले हान्ने प्रयास गरेको स्वीकार गरेकी थिइन् । सांसद आशा बिक र गंगा चौधरीलाई एमाले सांसदहरुले उचारले रोष्टममा पुर्‍याउन खोजेका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ०६ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै