शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण : महानिरीक्षक क्षेत्री  | Khabarhub Khabarhub

शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण : महानिरीक्षक क्षेत्री 


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षाका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापाले नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै सुरक्षा संवेदनशीलताप्रति सबै नागरिक गम्भीर भएको खण्डमा कार्य सम्पादन गर्न नेपाल प्रहरीलाई सहज हुने प्रहरी महानिरीक्षक क्षेत्रीको भनाइ छ ।

९ करोड ३६ लाख ६७ हजार १२० रुपैयाँको लागतमा कार्यालयसहित हिरासत, ब्यारेक, नागरिक सहायता कक्षलगायत संरचना निर्माण गरिएको सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए ।

कार्यक्रममा भवन तथा संरचना निर्माणमा सहयोग पुर्‍याउने स्थानीय तहका प्रमुख लगायतलाई सम्मान गरिएको थियो । इनरुवा नगरपालिका प्रमुख राजन मेहता, कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी, हरिनगरका प्रमुख गफार अन्सारी र बर्जु गाउँपालिका प्रमुख रघुनन्दन चौधरीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ७ : ३६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड