जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै ठगी, एक जना पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै ठगी, एक जना पक्राउ


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिने ठगी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी, वकिल र अदालतसँग सेटिङ गरेर जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेर फरार रहेका पोखरा सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार करणी गरेको अभियोगमा पक्राउ परेकालाई १ करोड रुपैयाँ दिए मुद्दा मिलाइदिने भन्दै ठगी भएको थियो ।

१२ लाखको चेक र १ लाख १० हजार नगद लिएर ठगी गर्ने सुर्यलाल खड्का र कमन भन्ने कमानबहादुर तामाङलाई तत्कालै राष्ट्र बैंक चोकस्थित एक खाजा घरबाट गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो । त्यही घटनामा संलग्नता रहेको खुलेका त्रिपाठी भने फरार रहँदै आएका थिए ।

डीएसपी हमालका अनुसार अहिले त्रिपाठीलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ९ : १० बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति