साउदीमा कसरी कम्पनी परिवर्तन गर्ने ? यस्तो छ नयाँ व्यवस्था | Khabarhub Khabarhub

साउदीमा कसरी कम्पनी परिवर्तन गर्ने ? यस्तो छ नयाँ व्यवस्था



दोहा- नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरबले कफाला प्रणाली सुधारका लागि नयाँ श्रम सुधार गत १४ मार्चमा नै लागू गरिसकेको छ ।

नयाँ नियम अनुसार साउदीमा कार्यरत नेपालीसहित आप्रवासी श्रमिकहरुलाई रोजगार परिवर्तन गर्ने र रोजगारदाताको अनुमति बिना देश छोड्ने अधिकार दिएको छ ।

केही समयअघि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) साउदीले पनि त्यहाँ कार्यरत नेपाली श्रमिकहरुसँग एक कार्यक्रम गर्दै के कसरी रोजगारदाता कम्पनी परिवर्तन गर्न सकिन्छ भनेर जानकारी दिएको थियो ।

यस्तै, सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सले ‘प्रवासी सूचना साथी’ को नामबाट साउदीमा नेपालीले कसरी सजिलै कम्पनी परिवर्तन गर्न सक्छन् भन्ने  एउटा जानकारीमुलक सूचना सार्वजनिक गरेको छ ।

 यस्तो छ रोजगारदाता परिवर्तन गर्न पाउने सर्तहरु

१. रोजगारदाता परिवर्तन गर्न कम्तीमा एक वर्षको करार अवधि पुरा गरेको हुनुपर्ने ।

२. Chamber of Commerce ले प्रमाणित गरेको रोजगार सम्झौता ( करार ) पत्र साथमा हुनु पर्ने ।

३. कामदारले रोजगारदाता परिवर्तन गर्ने कुरा हालको रोजगारदातालाई जानकारी गराउनु पर्ने ।

४. कामदारले लगातार ३ महिनासम्म आफ्नो पारिश्रमिक नपाएमा ।

५. साउदी अरब प्रवेश गरेको दिनदेखि ३ महिनासम्म कामदारले रोजगार सम्झौता पत्र नपाएमा रोजगारदाताको मृत्यु भएमा ।

६. लामो यात्रा र कैद जस्ता कारणले रोजगारदाता सम्पर्कमा नआएमा ।

७. आकामाको समय अवधि समाप्त भई नवीकरण नगरेमा ।

८. कामदार र रोजगारदाताको बिचमा विवाद भई कानूनी सुनुवाइमा २ पटकसम्म रोजगारदाता वा उसको प्रतिनिधि उपस्थित नभएमा ।

९. रोजगारदाताले करार अवधि नसकिंदै कम्पनी परिवर्तन गर्न सहमती दिएमा ।

QIWA भनेको के हो ?

साउदी अरबको मानव संसाधन र सामाजिक विकास मन्त्रालयद्वारा श्रम क्षेत्रको सेवाहरुलाई विस्तार गर्ने एक अनलाइन प्लेटफर्म हो ।

 

 

QIWA मा खाता खोल्ने क्रममा Absher App को माध्यमबाट तपाईको आधिकारीकता प्रमाणित हुने भएकाले यो प्रक्रिया चाल्नु अगाडि यस एपको प्रयोग गर्न आवश्यक हुन्छ ।

QIWA मा खाता खोल्ने प्रक्रियाः QIWA मा खाता खोल्न www.qiwa.salen मा गएर Register मा क्लिक गर्नुहोस् । तल चित्रमा देखाए जस्तो पेज खुलेपछि त्यसमा मागिएको विवरणहरू भर्नु पर्नेछ  ।

 

 

आएको पेजमा National ID / IQAMA कार्ड नम्बर र त्यसको म्याद समाप्तिको मिति उल्लेख गर्नुहोस ।

त्यसपछि Verify my Information मा क्लिक ( R ) गर्नुहोस ।  Verification code तपाईंको मोबाइलमा आउँछ । (नोट तपाईंको मोवाईल नम्बर Absher App मा राखेको नम्बर हुनु पर्दछ)

तपाईको मोबाईलमा आएको Verification Code लाई confirmation Code लेखिएको ठाउँमा राख्नुहोस र मा क्लिक ( B ) गर्नुहोस ।

तेस्रो चरण चौथो चरणमा तपाईंको आफ्नो इमेल र नयाँ पासवर्ड भर्नुहोसर Next मा क्लिक ( R ) गर्नुहोस । उक्त पेजमा आफुले प्रयोग गरिरहेको मोबाईल नम्बर राख्नुहोस ।

QIWA बाट रोजगारदाता परिवर्तन गर्ने प्रक्रियाः फेरी www.qiwa.salen मा गएर Sign in गर्नुहोस । त्यसपछि तपाइँको व्यक्तिगत खाता ( Account ) खुल्छ ।

थप व्यक्तिगत तथा रोजगारी सम्बन्धी विवरण त्यहाँ भर्न सक्नुहुन्छ । qiwa.sa/user ug Worker’s Name SERVICES AND TOOLS End of Service Calucator Employer’s Policies Share Profile Employee Transfer Job Contracts तपाईको विवरणलाई Share Profile मा गएर Get Link बटनमा क्लिक गरेपछि आउने लिंक सम्भावित रोजगारदातालाई विभिन्न माध्यमबाट शेयर गर्न सक्नुहुनेछ ।

 

सम्भावित रोजगारदाताले पठाएको रोजगार प्रस्ताव हेर्न Employee Transfer मा जानुहोस । यदि कुनै रोजगारदाताले तपाइँलाई रोजगारीको प्रस्ताव गरेमा तल चित्रमा देखाए जस्तो Request आउँछ ।

 

अब View मा क्लिक गरेपछि प्रस्तावित रोजगारीमा उल्लेख भएका सेवा , सुविधा पालन गर्नुपर्ने नियम . अवधी लगायतका विवरणहरू हेर्न सक्नु हुनेछ । त्यही पेजको अन्तिममा प्रस्तावित रोजगारीलाई स्विकार वा अस्विकार गर्ने विकल्प देखाउछ ।

REJECT THE REQUEST/ACCEPT THE REQUEST • दिइएको बक्समा क्लिक गर्नुहोस ।

तपाइँले उक्त रोजगारीको अवसर Accept वा Reject दुबै गर्नसक्नुहुन्छ । यदि तपाईले रोजगारदाता परिवर्तन गर्ने निर्णय गर्नुभयो भने Accept मा क्लिक गरेपछि तपाइँको प्रक्रिया पुरा हुन्छ ।

अब तपाईले नयाँ रोजगारी सम्बन्धी थप जानकारीका लागि केही दिनको अन्तरालमा QIWA मा साइन इन गरेर हेर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ८ : १० बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास