‘कान्स फेस्टिभल’मा बेलाले लगाइन् अनौठो नेकलेस | Khabarhub Khabarhub

‘कान्स फेस्टिभल’मा बेलाले लगाइन् अनौठो नेकलेस


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस(आजतक)– ‘कान्स फिल्म फेस्टिभल २०२१’को रेड कार्पेटमा सुपर मोडल बेला हदीदले सबैलाई चकित पारिन् । बेला फेस्टिभलको दोस्रो दिन एक दमदार र जोखिम पहिरनमा देखिइन् । धेरैको नजर उनको रुप भन्दा पनि उनले लगाएको गहनमा परेको थियो ।

बेलाले रेडकार्पेटमा सियापरेली कालो पहिरन लगाएकी थिइन् । उनको यो पहिरन भन्दा पनि उनले लगाएको नेकलेस हेर्नलायक थियो । उनले सुनका नेकलेस लगाएकी थिइन् । जुन नेकलेस फोक्सोको आकारमा थियो ।

२४ वर्षकी बेलाले डेनियल रोजबेरीको सियापरेलीको फल २०२१ कलेक्सनको नेकलेस लगाएकी थिइन् । जुन नेकलेस मानिसको फोक्सोबाट प्रभावित बनाएर निर्माण गरिएको थियो ।

सियापरेलीले यसलाई राइनोस्टोन्ससँग बनेको फोक्सोको नाम दिएको छ । बेलाको यो लुक्सको चर्चा अहिले विश्वभर छ । उनको रेड कार्पेटको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बेला आफ्नो गम्भीर र फरक लुक्सका लागि चिनिन्छिन् ।

बेला फेस्टिभलको दोस्रो दिन फिल्म ‘एनिटी’को प्रदर्शनमा उपस्थित भएकी थिइन् । त्यही समयदेखि उनको पहिरन र गहनाको चर्चा सुरु भएको थियो ।

बेलाले जिन पल गलटाइरको गाउन लगाएकी थिइन् । योसँगै एक मोनोक्रम शेयर नकाब जोडिएको थियो । जसलाई उनले हल्टेर नेक स्टाइलमा आफ्नो घाँटीमा बाँधेकी थिइन् । बेलाले योसँगै हीराजडित एयररिङ र मुटु आकारको रुबी रिङ लगाएकी थिइन् ।

बेला सुपरमोडल जीजी हदीदको कान्छी बहिनी हुन् । उनकी आमा योलाण्डा पनि सुपरमोडल हुन् । बेलाको कान्छो भाइ अनवर हदीद पनि मोडलिङमा परिचित नाम हो ।
बेला कान्स लुक्सका अलावा आफ्नो सम्बन्धलाई लिएर पनि चर्चाको विषय बनिरहन्छिन् । हालै उनले आफ्नो कथित प्रेमी मार्क कलमेनसँग केही तस्वीर शेयर गरेकी थिइन् । मार्क कला निर्देशक हुन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ०० बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार