अनपढ दासपुत्र ईशप बने कथाकार | Khabarhub Khabarhub

अनपढ दासपुत्र ईशप बने कथाकार


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो पूर्वीयसाहित्यमा पञ्चतन्त्रका कथाहरु, हितोपदेशका कथा, आफन्तीका कथा, बुद्धका जातक कथाहरु जति चर्चित छन् जति लोकप्रिय र समाजउपयोगी छन्, पाश्चात्यसाहित्यमा ईशपका नीतिकथा पनि त्यति नै चर्चित र मार्मिक सन्देशहरुले भरिएका छन् ।

आज ईशपका नीतिकथाहरु संसारका अनेकौं भाषामा अनुदित भएर जनजीवन ओठमुखमा झुण्डिएका छन् । ईशपले जति कथा लेखे, सबै कथामा पशुप्राणी, किराफट्याङ्ग्राहरुलाई पात्र बनाए । त्यसैले उनका कथामा प्रतिकात्मक सन्देश बढी पाइन्छ । जतिबेला उनले यी कथाहरुको रचना गरे, जनावर पात्र राख्नु समयको बाध्यता थियो । किनभने उनी वर्गविभाजि दास कुलमा जन्मिएका थिए ।

ईसापूर्व ६३० वर्ष अगाडिको कुरा हो, त्यतिखेरको सिङ्गो युरोपमात्र नभएर सारा संसार दासयुगमा थियो । यिनी गौतमबुद्ध जन्मिनुभन्दा अगाडि यस धर्तीमा जन्मिएका थिए ।

यी प्राचीनकालीन स्रष्टाका छोराछोरा मीठामीठा सङ्केत र घुमाउरोशैलीमा लेखिएका कथाहरुले मानवजातिलाई गहनरुपले नीति, चेतना बाँढिरहेको छ । ग्रिसमा जन्मेका ईशपको जीवन निकै रोचक–प्रसङ्गहरुले भरिएको छ ।

तत्कालीन युनान अर्थात् ग्रिसमा मानिसहरु दुईवटा वर्गमा बाडिएका थिए । एउटा मालिकवर्ग अर्काे दासवर्ग । मालिकवर्ग अधिकारसम्पन्न थियो । ऊसँग उत्पादनका साधनहरु हुन्थ्यो । उसले शारीरिक श्रम गर्दैनथ्यो । तर दसवर्ग सधैंभरी मालिकवर्गको सेवामा जुट्थ्यो । उसलाई पढ्न, लेख्न वञ्चित गरिएको थियो । कठिन शारीरिक श्रममा जोताउनुमात्र होइन, उनीहरुलाई घाँटीमा सिक्रीले बाँधेर किनबेचसम्म गरिन्थ्यो ।

त्यसैले दासहरुले पशुवतजीवन बिताउनुपरेको थियो । ईशप पनि दासको छोरो भएएकोले लेखपढको कुनै मौका पाएनन् । तर उनीभित्र यति तीव्र आख्यानात्मक चेतना थियो, जसलाई कुनै न कुनै रुपले बाहिर ल्याइछाडे ।

उनी मालिकको खेतमा कठोरभन्दा कठोर काम गर्दै फुर्सदको समय केटाकेटीहरु र अन्य मानिसहरुलाई मनोरञ्जन दिन कथा सुनाउँथे । यसरी कथा भन्दा लाक्षाणिक रुपमा काग, बिरालो, गोव्रेकिरा, हात्ती, भेडा , मुसा, स्याल चमेरो, कोइली, सिंह, बंगुर फ्याउरो आदिलाई पात्रको रुपमा अगाडि सार्थे । मान्छेका कमीकमजोरी र दुष्चरित्रलाई जनावरमा आरोपित गरेर कथा सुनाउँथेृ । मालिकहरुको प्रहारबाट बाँच्नको लागि उनले यो शैली अपनाएका थिए ।

जतिजति उनी कथा सुनाउँदै गए, त्यति त्यति लोकप्रियताको चरमचुली उक्लिदै गए । मालिकवर्ग अप्रत्यक्ष रुपमा उनीदेखि क्रुद्ध हुन थाल्यो । उनको ख्याति देखेर चुसाहावर्ग मुर्मुरिन थाल्यो । उनी शासक, प्रशासकको आँखामा बिझाउन थाले । अब यसलाई कसरी फसाउन सकिन्छ । कसरी यसलाई मार्न सकिन्छ, सोच्न थाले ।

यस्तै बेलामा एक दिन ग्रिसको मन्दिरबाट सुनको कचौरा चोरी भयो । शासकहरुलाई ठूलो निहु मिल्यो । उनीहरुले त्यो सुन ईशपले चोरेको आरोप लगाए । त्यो आरोपबाट बच्न अनेकौं कथा भने तर केही उपाय लागेन । यसको मूल कारण तत्कालीन शासकवर्ग उनलाई सिध्याउन चाहन्थे । नभन्दै त्यो चोरीको आरोपमा उनलाई मृत्युदण्डको फैसला गरे । त्यतिखेर मृत्युदण्ड पाएको दासलाई युनानमा सारै निर्ममताका साथ मारिन्थ्यो ।

कसैलाई जिउँदै सिंहको शिकार बनाइन्थ्यो, कसैलाई सडकमा ढुंगाा बर्साएर मारिन्थ्यो । कसैलाई भीरबाट गुल्ट्याएर मारिन्थ्यो । ईशपलाई पनि ठूलो चट्टानैचट्टानको भीरबाट लडाएर मारियो । तत्कालीन ग्रिसका शासकहरुले उनलाई मारे पनि उनले सुनाएका दन्त्य कथाहरु जनताहरुले सङ्कलन गर्न थाले । सयौं कथाहरु लीपिवद्ध गरियो र प्रकाशनमा ल्याइयो ।

ईशपको ख्याति अरु फैलिँदै गयो । एउटा अनपढ दासपुत्रले आफ्नो कथावाचन कला, कथासिर्जना कलाले अहिले पनि उत्तिकै चर्चित र लोकप्रिय रहेका छन् ।

आज ईशप मरेको सत्ताईस, अठ्ठाइस सय वर्ष बितेपनि ईशपका कथाहरु हाम्रोसामु जीवन्त सम्पदाको रुपमा रहेका छन् । साथै प्रतिभा प्रस्फुटनको लागि दासकुलले असर गर्दाे रहेनछन भन्ने कुरा इतिहासमा प्रमाणित गरिदिएको छ ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : १५ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित