ओलीतन्त्रले हामीलाई ६ घण्टा थुन्यो : खगेन्द्र संग्रौला | Khabarhub Khabarhub

ओलीतन्त्रले हामीलाई ६ घण्टा थुन्यो : खगेन्द्र संग्रौला


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले सरकारको ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका छन् ।

सरकारलाई सचेत गराउन गरिएको खबरदारीमा आफूहरुमाथि दमन गरिएको उनको आरोप छ ।

चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थ्यमा भइरहेको खेलबाडको विरोध गर्दा आफूसमेत १८ जनालाई ६ घण्टा थुनिएको उनले बताए ।

शुक्रबार बालुवाटारबाट समातिएका संग्रौलाले हिरासतमुक्त भएपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत सरकारी रवैया बढेको भन्दै यस्तो ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका हुन्।

उनले लेखेका छन्, ‘चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थउपर खेलबाड गर्ने मार्सी भात ख्वाउने र खानेविरुद्ध आवाज उठाउँदा ओलीतन्त्रले हामी १८ जनालाई ६ घण्टा थुन्यो । सकल मान्यवर, मुख खोलौं, विरोध बोलौं, यी मक्खीचुस मार्सीमार्गीहरूलाई सम्बन्धनको आपराधिक कारोबार गर्न नदिऔँ।’

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नतामा गैरकानुनी रूपमा सम्बन्धन दिन लागेको भन्दै ‘बृहत् नागरिक आन्दोलन’अन्तर्गत शुक्रबार विरोधमा उत्रिँदा संग्रौला, नारायण वाग्ले, युग पाठक, अर्चना थापा, रिता परियारलगायत १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १२ : ०१ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको