विश्वभर ३८ लाखभन्दा धेरै संक्रमितको मृत्यु, १५ करोड ९९ लाख निको | Khabarhub Khabarhub

विश्वभर ३८ लाखभन्दा धेरै संक्रमितको मृत्यु, १५ करोड ९९ लाख निको


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४१५ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख २६९ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १४ हजार ७३२ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ८४ हजार ३५० जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा ३ लाख ६७ हजार ९७ जनाको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख २५ हजार ‍६७४ जना, बेलायतमा १ लाख २७ हजार ८८४ जना, फ्रान्समा १ लाख १० हजार ३४४ जना, इटालीमा १ लाख २६ हजार ९२४ जनाको मृत्यु भएको छ ।

यस्तै विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ११ हजार १६२ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४५ हजार ३३६ छ । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा करिव ३५ हजारले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १५ करोड ९९ लाख ३३ हजार पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १७ करोड ६० लाख ३१ हजार ४८४ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड २२ लाख ९७ हजार ९०४ छ । यसमध्ये ८४ हजार १९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : ३५ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको