सोह्रखुट्टेस्थित एक होटलमा जुवाखेलिरहेको अवस्थामा ११ लाख नगदसहित २५ जना पक्राउ | Khabarhub Khabarhub

सोह्रखुट्टेस्थित एक होटलमा जुवाखेलिरहेको अवस्थामा ११ लाख नगदसहित २५ जना पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सोह्रखुट्टेस्थित एक होटलमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको होटलमा जुवा खेल्दै गरेका २५ जनलाई १० लाख ९७ हजार नगदसहित महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक पिताम्बर गौतम, भारतीय नागरिक कानु प्रधान, काठमाडौँ घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक लगायत २५ जना छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ४८ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा