यस्तो छ चालु आ.व.को ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ) | Khabarhub Khabarhub

यस्तो छ चालु आ.व.को ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात् फागुन मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्तातर्फको मूल्यवृद्धि (मुद्रास्फिति) ३.०२ प्रतिशत पुगेको छ। त्यसैगरी आयात २.१ प्रतिशतले र निर्यात ७.८ प्रतिशतले बढेको जनाएको छ ।

सोही अवधिमा थोकतर्फको मूल्यवृद्धि ६.३० प्रतिशत रहेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फिति ६.५७ प्रतिशत र थोक मुद्रास्फिति ६.७० प्रतिशत रहेको थियो।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले र अमेरिकी डलरमा ५.० प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु. ६८ अर्बले बचतमा छ ।

कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च भने रु.५७१ अर्ब २ करोड र राजस्व परिचालन रु.५७१ अर्ब २० करोड रहेको जनाएको छ ।

साथै विस्तृत मुद्राप्रदाय पनि ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दावी १७.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८.९ प्रतिशत छ ।

यस्तो छ पूर्णपाठ

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ०१ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्