सेफ सन्तोषको सम्मानमा सिंगै बोकाको मासुबाट ५२ परिकार | Khabarhub Khabarhub

सेफ सन्तोषको सम्मानमा सिंगै बोकाको मासुबाट ५२ परिकार


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बीबीसी माष्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सेफ सन्तोष साहको सम्मानमा पोखरामा एउटा सिँगै बोकाको मासुबाट ५२ परिकार तयार गरी स्वाद चखाइएको छ ।

कास्की जिल्लाको पोखरा नगरपालिका वडा नं १३ स्थित आरूवामा एउटा सिँगै बोकाको मासुको ५२ परिकार बनाइएको हो ।

ग्लोबल नेप्लिज सेफ फेडेरेसनका केन्द्रीय अध्यक्ष भान्से लक्ष्मण भण्डारीको नेतृत्वमा पोखरा पुगेका सेफहरू ग्लोबल नेप्लिज सेफ फेडेरेसनका केन्द्रीय महासचिव मोहन गजुरेल, कार्यालय सचिव सेफ विकास डंगोल, कार्यकारिणी सदस्य सेफ पशुपति पौडेल, सेफ फेडेरेसन पोखराका सचिव सेफ राजकुमार तामाङले बोकाको मासुको ५२ परिकार तयार गरिएका थिए ।

गुल्मी तथा नेपालको विभिन्न जिल्लामा जन्मिएर युके तथा युरोपेली मुलुकमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था एभरेस्ट ईनका संस्थापक पशुपति भण्डारी समूहले सञ्चालन गरेको एभरेस्ट ईन कृषि फर्ममा बीबीसी माष्टर सेफका उपविजेता सेफ सन्तोष साहको स्वागतमा नेपाली स्वादमा बोकाको मासुको परिकार तयार गरिएको हो ।

बोकाको मासुको पक्कु, कसौंडी, एकपाक, च्याकु, कचिला, छोइला, सेकुवा, तावा, भुटन, खागो, पोख्रेली मृगौला, ला स्या दुम्वा, पोलेको, डामेको, सेकेको, झानेको, गिदी, कान, जिब्रो, टाउको, खुट्टी, फोक्सो भरेको, ह्याकुल्ला, रक्ति, तास लगायतका परिकारहरू तयार पारिएका थिए ।

सेफ सन्तोष साहले कृषि फर्ममा उपलब्ध स्रोत साधनबाट स्थानीय स्वादमा एउटै बोकाबाट धेरै परिकार तयार पारेकोमा सेफहरू तथा फर्म सञ्चालकलाई धन्यवाद व्यक्त गरे । उनले तयार गर्दे गरेको ‘कुक बुक’मा ती परिकारका रिसेपीहरू संलग्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

परिकारको स्वाद लिन नेपाल टुरिजम एण्ड म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, होटल बराहीका महाप्रबन्धक राजकुमार केसीलगायतका व्यक्तिहरूले बोकाको मासुको विभिन्न परिकारको स्वाद लिएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ५५ बजे

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको