ओलीले बोलाए एमाले केन्द्रीय कमिटीको बैठक | Khabarhub Khabarhub

ओलीले बोलाए एमाले केन्द्रीय कमिटीको बैठक


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारी सूर्य थापाका अनुसार वैशाख ६ गतेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

यद्यपि, एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टी अध्यक्ष र महासचिवमात्र पदाधिकारी राखिएको छ । एमालेको केन्द्रीय कमिटीको दशौँ, एघारौँ र बाह्रौँ बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको हो ।

यही बैठकले एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा एमालेमा पछिल्लो समय चुलिएको विवादलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

पछिल्लो समय अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय केही नेताहरूलाई निलम्बन गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : १४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड