साढे २ किलो बहुमुल्य धातु युरोनियमसहित ४ जना पक्राउ गरेको प्रहरीको दाबी (भिडियोसहित) | Khabarhub Khabarhub

साढे २ किलो बहुमुल्य धातु युरोनियमसहित ४ जना पक्राउ गरेको प्रहरीको दाबी (भिडियोसहित)


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले साढे दुई किलो विष्फोटक पदार्थ युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंको बौद्धबाट लुकाएर राखिएको अवस्थाको युरेनियमसहित चार जनालाई पक्राउ गरिएको हो ।

कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले भने, ‘बौद्धमा भण्डारण गरिराखेको अवस्थामा युरेनियम बिहीबार बरामद भएको हो । जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ ।’

प्रहरीले बरामद गरेको यति ठूलो परिणामको युरेनियम नेपालमा पहिलोपटक हो । प्रहरीका अनुसार बरामद युरेनियम २ सय ३८ क्यारेटको हो ।

पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको बताएको प्रहरीले जनाएको छ ।

हेरौँ भिडियो

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, रामेछापकै बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् । पक्राउ परेका चारै जनामाथि विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के हो युरेनियम ?

प्रहरीका अनुसार अहिले जफत भएको युरेनियम प्राकृतिक युरोनियम हो । यो पारमाणविक भार भएको रेडियोधर्मी धातु हो । यसलाई सबैभन्दा मूल्यवान धातुका रुपमा लिइन्छ ।

जानकारहरुका अनुसार युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्त्व हो । युरेनियम प्रकृतिमा पाइने तत्त्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो ।

लगातार ऊर्जावान् विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको विभिन्न अध्ययनले देखाएको छ ।

विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।

प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार ५० वर्षअघि नै अमेरिकी दूतावासलाई नेपालका केही व्यक्तिहरुले यूरोनियम भनी यस्तै वस्तु दिएका र त्यो परीक्षण गर्न अमेरिकासम्म पुर्‍याइएको तर प्रमाणित हुन सकेको थिएन ।

त्यस्तै उच्च सैनिक स्रोतले दिएको जानकारीअनुसार यूरेनियम जस्तै देखिने वस्तुहरु देखाउने र उत्तर कोरिया तथा इराकमा बिक्री गर्न लागिएको भनी नेपालमा लामो समयदेखि हल्ला चल्ने तथा यूरेनियम जस्तो देखिने वस्तु नै भेट्टिने गरेको छ।

सैन्य स्रोतका अनुसार यही विषयमा सन् १९७५ मा ठूलै हलचल आएको थियो । स्रोतले भन्यो, ‘त्यो बेला अमेरिकीहरुलाई यूरेनियमको सेम्पल नै जापानका लागि नेपाली राजदूतका भाइले दिएका रहेछन् ।’

स्रोतको विश्वसनियतालाई मानी अमेरिकीहरुले परीक्षण गर्दा युरोनियम नभएको पुष्टि भएको थियो ।

सैन्य स्रोतले भन्यो अमेरिकीहरुलाई सन् १९७३ मा पनि यस्तै वस्तु दिएर झुक्याइएको रहेछ। यस्तो कार्य के उद्देश्यले भइरहेको छ भन्ने चाखलाग्दो विषय रहेको उनले बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ३९ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै