फागुन १ गते 'अन्नपुर्ण ओपन फूटसल टुर्नामेन्ट' हुँदै | Khabarhub Khabarhub

फागुन १ गते ‘अन्नपुर्ण ओपन फूटसल टुर्नामेन्ट’ हुँदै


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कपनस्थित एकताबस्तीको ‘कान्तिपुर फूटसल’मा एकदिने ‘अन्नपुर्ण ओपन फूटसल टुर्नामेन्ट’ हुने भएको छ । सिटी हेल्थ स्टुडियो, धुमबराहीको आयोजनामा यही फागुन १ गते हुन गइरहेको यो टुर्नामेन्टमा काठमाडौँ उपत्यकाका २० टोलीको सहभागिता रहनेछ ।

‘शहरिया व्यस्त जीवनशैली तथा विश्व स्वास्थ्य चुनौतीको यस परिस्थिति सहज भएको मौकादेखि हामीले यो टुर्नामेन्टको आयोजना गर्न लागेका हौँ । स्वस्थ जीवनशैली र फूटसलका शौखिनहरुका लागि धेरै लामो समय पछि एक खालको रिफ्रेस्मेन्ट होस भन्ने उद्देश्यले ‘अन्नपुर्ण ओपन फूटसल टुर्नामेन्ट’ गर्न थालिएको हो,’ सिटी हेल्थ स्टुडियो, धुमबराहीका सञ्चालक तथा टुर्नामेन्ट आयोजक उद्धव मानन्धरले बताए ।

विजेता टोलीले ट्रफीसहित १ लाख नगद प्राप्त गर्नेछन् भने उप विजेताले ट्रफीसहित ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । टुर्नामेन्ट बिहान ८ बजे प्रारम्भ हुनेछ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ३ : २४ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास