‘मिस्टर सुप्रा स्टार सर्च’को टप थ्रीमा सन्तोष | Khabarhub Khabarhub

‘मिस्टर सुप्रा स्टार सर्च’को टप थ्रीमा सन्तोष


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१९’ का विजेता डा. सन्तोष उपाध्याय अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुप्रा स्टार सर्च’को टप थ्रीमा पुगेका छन् । यो प्रतियोगितामा ३७ देशका प्रतियोगी सहभागी छन् ।

डिजिटल राउण्डको अन्तिम तीनमा उनीसँगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी छन । अनलाइन भोटिङमार्फत छानिने यस प्रतियोगितामा प्रतियोगीले निर्णायकबाट ४० प्रतिशत र भोटिङमार्फत ६० प्रतिशत अंक पाउनुपर्ने हुन्छ । मतदाताले आगामी सोमबारसम्म भोट गर्न पाउनेछन् । भोटमार्फत आफु र नेपालला अगाडी बढाउन आग्रह गरेका छन् ।

सन्तोषले आफूलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । ‘यो प्रतियोगितामा उपाधि जित्नका लागि मैले निकै मेहनत गरेको छु । दर्शकको भोटले मलाई उपाधि जित्ने बाटोमा अघि बढ्न थप सहयोग पुग्नेछ’, उनी भन्छन् । पेशाले चिकित्सक डा. सन्तोष चित्रकला, खेलकुद तथा सामाजिक अभियानमा सक्रिय छन् ।

वर्षेनी पोल्याण्डमा हुने यो प्रतियोगिता सन् २०२० मा कोभिडका कारण हुन नसकेपछि यसै वर्षको जुलाई अगष्टमा सम्पन्न हुँदैछ । सबै देशहरुसँग यो प्रतियोगिताको फ्रेञ्चाइजी नभएकाले यो वर्ष फ्रान्चाइज नभएका राष्ट्रहरुको पनि संलग्नता होस् भन्ने हेतुले मिस्टर सुप्रान्यासनलले ‘मिस्टर सुप्रा स्टार सर्च’ भर्चुअल रुपमा गरेको हो ।

यो प्रतियोगताका विजेताले पुनः ‘मिस्टर सुप्रा नेसनल’मामा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ३ : ०० बजे

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय