संविधान पढेर युवाहरुले गरे संसद विघटनको विरोध (भिडियोसहित) | Khabarhub Khabarhub

संविधान पढेर युवाहरुले गरे संसद विघटनको विरोध (भिडियोसहित)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटन असंवैधानिक कदम भएको भन्दै युवाहरुले काठमाडौँको माइतीघरमा संविधान पढेर सांकेतिक रुपमा  विरोध प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस युवा प्रचार नेटवर्कमा आवद्धहरुले संविधानमा हुँदै नभएको प्रावधानलाई टेकेर संसद विघटन गरिएको भन्दै मंगलबार काठमाडौंको माइतीघरमा संविधान पढेर विरोध प्रर्दशन गरेका हुन् ।

हेरौँ भिडियो

प्रदर्शनका क्रममा उनीहरुले संविधानमा संसद विघटनको व्यवस्था खोज्दै रचनात्मक विरोध गरेका थिए । मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टचारका घटना बढ्दा सरकार भने पदको जोडघटाउमा लागेको उनीहरले आरोप लगाए ।

मुलुकले लामो समयपछि संविधान निर्माण भएपछि अहिले सरकारले संविधानमाथि ‘कु’ गरेको उनीहरुको आरोप छ ।

उनीहरुले सरकारको कदमले लोकतन्त्र खतरामा परेको तर्क समेत गरेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : १२ बजे

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई