मुलुक अस्थिरतातर्फ धकेलिने अवस्था आएपछि संसद विघटन : गृहमन्त्री थापा (भिडियोसहित) | Khabarhub Khabarhub

मुलुक अस्थिरतातर्फ धकेलिने अवस्था आएपछि संसद विघटन : गृहमन्त्री थापा (भिडियोसहित)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक अस्थिरता पैदा हुने अवस्था आएपछि प्रधानमन्त्रीले संसद विघटनको कदम चालेको बताएका छन् ।

मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बिघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताएका हुन ।

उहाले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप लगाए ।

सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको उहाको भनाइ थियो । आफूहरुले नयाँ नेपाल बनाउन चाहेको बताउँदै उनले समाजवादी नेपालले मात्र सबैलाई समृद्ध बनाउने उल्लेख गरे ।

हेरौँ भिडियो

मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले क्रान्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार भएको तर्क गरे ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ४८ बजे

कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु

काँक्रेविहार– कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती