सान डिएगो चिडियाखानाका गोरिल्लामा पनि देखियो कोरोना भाइरस | Khabarhub Khabarhub

सान डिएगो चिडियाखानाका गोरिल्लामा पनि देखियो कोरोना भाइरस


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा चिडियाखानामा रहेका गोरिल्लामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको चिडियाखानाले जनाएको छ । चिडियाखानाका गर्भनर गामिन न्युसमले एक विज्ञप्ति जारी गर्दै चिडियाखानाका गोरिल्लामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यी जनावरहरुमा अहिले कोरोनाको संक्रमण देखिएको र लक्षण नदेखिएका कर्मचारीमार्फत् उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने न्युसमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिडियाखानाका अनुसार गोरिल्लामा कोरोना भाइरस देखिएको यो पहिलो उदाहरण हो । यसअघिको अध्ययनले मानिसबाहेकका केही सीमित जनावर संक्रमणको खतरामा रहेको देखाएको थियो । गोरिल्लाहरु परिवारमा बस्ने भएकाले सबै सदस्यहरुमा संक्रमण फैलिएको हुनसक्ने चिडियाखानाका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार गत बुधबारदेखि दुईवटा गोरिल्लाहरुले खोक्न थालेका थिए । त्यसपछि प्रारम्भिक परीक्षण गर्दा शुक्रबार उनीहरुमा भाइरस रहेको देखियो । सोमबार राष्ट्रिय भेटेरीनरी सेवा ल्याबोरेटेरीका लागि अमेरिकी विभागले यसको पुष्टि गरेको हो ।

गोरिल्लाहरुमा भाइरसले कतिसम्म असर गरेको छ भन्ने विषय अहिलेसम्म थाहा नभएको चिडियाखानाका अधिकारीहरुले बताए । यद्यपि, सबै गोरिल्लाहरुलाई निगरानीमा राखिएको उनीहरुले जनाए ।

‘खोकी र रुघाबाहेक सबै गोरिल्लाहरुको अवस्था राम्रो छ,’ सान डिएगो सफारी पार्ककी कार्यकारी निर्देशक लिसा पिटरसनले भनिन्, ‘यो टोली एकसाथ क्वारेन्टाइनमा छ र खाने, पिउने गरिरहेका छन् । चाँडै निको हुनेमा हामी आशावादी छौँ ।’

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : ११ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास