सोमबार भगवान शिवको पूजा गर्नुहुन्छ ? जप्नुस् यी मन्त्र (पूजा विधिसहित) | Khabarhub Khabarhub

सोमबार भगवान शिवको पूजा गर्नुहुन्छ ? जप्नुस् यी मन्त्र (पूजा विधिसहित)


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाेकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे यहाँ प्रस्तुत गरिएको छ ।

भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। जुन व्यक्तको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।

यसको दोष निवारणका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ । जसबाट शिव छिटो प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ ।

मन्त्र :

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:

पूजा विधि :

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दीप बालेर आरती गर्नुहोस्।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : ५० बजे

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको