भैंसी चोरेको आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवा रानाको मृत्यु « Khabarhub

भैंसी चोरेको आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवा रानाको मृत्यु


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

धनगढी– कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ ।

भैंसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका-३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानालाई हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बताए । शौचालयको भेन्टिलेसनको जाली च्यातेर झ्यालको सरियामा गञ्जीको डोरी बनाई रानाले आत्महत्या गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

मृतक रानालाई कैलालीको जानकरी गाउँपालिका-१ का पुलराम थारुको भैंसी चोरेको आरोपमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ५ : ५० बजे

थार समीक्षा : सामाजिक मुद्दाको फितलो ‘पटकथा’

 काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात ओटीटीका लागि पनि कन्टेनमा राम्रो

व्यासको मेयरमा स्वतन्त्र उम्मेदवार जोशीको अग्रता

दमौली- तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

नबिल बैंक र लगानीबोर्ड नेपालको कार्यालयबीच साझेदारी 

काठमाडौं- नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण

जित्ने आशा अझै छ : सिर्जना सिंह

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले