राजीनामापछि सरकारी गाडी मन्त्रालयलाई बुझाएर निजी सवारीमा फर्किए गुरु भट्टराई | Khabarhub Khabarhub

राजीनामापछि सरकारी गाडी मन्त्रालयलाई बुझाएर निजी सवारीमा फर्किए गुरु भट्टराई


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेलवे कम्पनीको महाप्रबन्धक पदबाट राजीनामा दिएपछि गुरु भट्टराईले आफूले प्रयोग गरेको सरकारी गाडी मन्त्रालयलाई बुझाएका छन् ।

आज दिउँसो उनले राजीनामा दिएपछि आफूले प्रयोग गर्दै आएको बा २ झ ३०४५ नम्बरको गाडी मन्त्रालयलाई बुझाएर बा १० च ३१५ नम्बरको निजी सवारीमा मन्त्रालयबाट बाहिरिएका हुन् ।

आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए ।

प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

भट्टराईलाई केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते नियुक्त गरेको थियो । उनले असार ४ बाट कार्यभार सम्हालेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : ३५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना