सहमति कार्यान्वयन गर्न सरकारलाई 'विप्लव' नेकपाका नेता बाँस्तोलाको आग्रह | Khabarhub Khabarhub

सहमति कार्यान्वयन गर्न सरकारलाई ‘विप्लव’ नेकपाका नेता बाँस्तोलाको आग्रह


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् ।

नवलपुरको प्रगतिनगरमा पार्टीको श्रद्धाञ्जलि सभामा बोल्दै उनले तीन बुँदे सहमतिमध्ये पार्टी मात्रै खुला भएको तर अन्य सहमतिहरु पालना नभएको  गुनासो गरे । तत्काल सहमति कार्यान्वयन गर्न उनले सरकारसँग माग पनि गरे ।

उनले संसदीय ब्यवस्थाको विकल्पको खोजी गर्दै सबै पार्टीका नेताहरुलाई भेट गरेको पनि बताए । ‘संसदीय ब्यवस्थाको बिकल्प खोजी गर्नुपर्ने प्रस्ताव लिएर प्रचण्ड, बाबुराम, शेरबहादुर देउवा, केपी ओलीदेखि कमल थापलाई पनि भेट्यौं,’ बाँस्तोलाले भने, ‘यो ब्यवस्थाको बारेमा जनमत संग्रह गरौं भनेका छौं ।’ जनमत संग्रहका लागि सबैतिरबाट दबाब दिनुपर्ने पनि उनले बताए ।

पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका नवलपुर अध्यक्ष रामप्रसाद गौतमको आमा ज्ञानकुमारी गौतमको निधनमा शोक ब्यक्त गर्न बाँस्तोला मंगलबार नवलपुर आएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १२ : २० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको